नेपाल सरकारले उपत्यकाका सामुदायिक विद्यालयहरुमा स्थानिय पाठ्यक्रम अन्तर्गत नेपालभाषाको पठनपाठनलाई मान्यता दिनु, नेपालभाषाको जगेर्ना र विकासका लागि गणतन्त्रको एउटा अतुलनीय उपहार हो ।
काठमाडौ महानगरपालिका लगायत नेपाल मण्डलका ललितपुर उपमहानगरपालिका, टोखा महालक्ष्मी, मध्पपूर, भक्तपुर नगरपालिका आदिले नेवाः संस्कृति, भाषा र साहित्यको बिस्तार र विकासका निम्ति तत्तत पालिकाहरूले नेपालभाषामा उच्च शिक्षा अध्ययन गर्ने, आफ्ना नगरका धेरै बिद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । तर विडम्बना कीर्तिपुर नगरपालिकाले यो धारबाट आफूलाई अलग्ग राखेको छ ।
मातृभाषा नै बोल्न नजान्ने/नचाहने नेवाःहरूको संख्या पनि बढ्दै गइरहेको हालको अवस्थामा नेपालभाषा प्रति गहिरो रूचि राख्ने कीर्तिपुरकै एक स्थानिय गैर नेवाः बिद्यार्थी जो नेपालभाषामै उच्च शिक्षा हासिल गर्दैछन् ले निवर्तमान मेयर रमेश महर्जन देखि बहालवाला उप-मेयर शुभलक्ष्मी शाक्यसंगसमेत छात्रवृत्तिका लागि धेरै पल्ट अनुनय, विनय गरे, तर उनले निराशा बाहेक केहि पाएनछन् । उनले विगतका आफ्ना २०३६/३७ सालतिर शंकरदेव क्याम्पसमा अध्ययन गर्दादेखि "चकना साहित्य पाला " मा समाहित भै गरेका अाफ्ना क्रियाकलाप सम्झना गरे होलान् ।
“नेपालभाषालाई राष्ट्रिय भाषाको मान्यता दे .. .. “,
“नेपालभाषालाई सरकारी कामकाजिको भाषा सरह मान्यता दे .. .. “
भन्ने नारा घाँटि सुक्नेगरि गुन्जाएर, भित्ते लेखन प्रचारमा समेत सामेल भएका उनलाई यतिखेर उपत्यकाकै एक एतिहासिक एवं सांस्कृतिक नगर भन्न रूचाउने नगरपालिका, जहाँ तुलनात्मक रूपमा सबैभन्दा धेरै नेपालभाषाका अभियन्ता, साहित्यकार, भाषाविद्, संस्कृतिविद् देखि नेपालभाषामा उच्चशिक्षा अध्ययन गर्ने बिद्यार्थीहरू मनग्य हुँदा पनि कीर्तिपुर नगरपालिकाले उच्चशिक्षा हासिल गर्ने स्थानिय बिद्यार्र्थी कसैलाई पनि छात्रवृत्ति दिनसकेको छैन । छात्रवृत्तिका लागि जो गएपनि नगरपालिकाको उहि बनिबनाउ सुगा रटाने जबाफ आँउछ ।
“हामीले उच्चशिक्षा तर्फ छात्रवृत्ति दिने गरेका छैनौ .. .. “,
ती अधिकारीहरूको बिल्कुलै एकै वाक्याशको जवाफले ति उच्च शिक्षा अध्ययनरतः गैर नेवाःबिद्यार्थीको नेपालभाषा, संस्कृति, रहनसहन अध्ययन गर्ने अभिलासामा कुठाराघात भएको छ । नगरको सरकारी बजेट सिढी र पिढी, ं भत्काउने र बनाउने मै सीमित छ । आफ्नो भाषा संस्कृतिको प्रचार र सम्बर्धन गर्दै गैर नेवाःहरूलाइ नेपालभाषा प्रति आकर्षित तुल्याउने तर्फ पटक्कै ध्यान गएको देखिन्न । भन्ने नै हो भने अहिले नेपाल मण्डलमा ऐतिहासिक राजनैतिक सफलता मिलेको तीनै तहमा एकमनाको सरकार छ, तैपनि नेपालभाषाको विकास र सम्बर्धनमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसक्नु पदीय दायित्व भएकाहरूको अक्षमता नै हो भन्दा फरक नपर्ला । कीर्तिपुर नगरपालिका वैभवशाली भवः ।
Comments
Post a Comment