Posts

Showing posts from July, 2023
Image
  नेपाल सरकारले उपत्यकाका सामुदायिक विद्यालयहरुमा स्थानिय पाठ्यक्रम अन्तर्गत नेपालभाषाको पठनपाठनलाई मान्यता दिनु, नेपालभाषाको जगेर्ना र विकासका लागि गणतन्त्रको एउटा अतुलनीय उपहार हो । काठमाडौ महानगरपालिका लगायत नेपाल मण्डलका ललितपुर उपमहानगरपालिका, टोखा महालक्ष्मी, मध्पपूर, भक्तपुर नगरपालिका आदिले नेवाः संस्कृति, भाषा र साहित्यको बिस्तार र विकासका निम्ति तत्तत पालिकाहरूले नेपालभाषामा उच्च शिक्षा अध्ययन गर्ने, आफ्ना नगरका धेरै बिद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन् । तर विडम्बना कीर्तिपुर नगरपालिकाले यो धारबाट आफूलाई अलग्ग राखेको छ । मातृभाषा नै बोल्न नजान्ने/नचाहने नेवाःहरूको संख्या पनि बढ्दै गइरहेको हालको अवस्थामा नेपालभाषा प्रति गहिरो रूचि राख्ने कीर्तिपुरकै एक स्थानिय गैर नेवाः बिद्यार्थी जो नेपालभाषामै उच्च शिक्षा हासिल गर्दैछन् ले निवर्तमान मेयर रमेश महर्जन देखि बहालवाला उप-मेयर शुभलक्ष्मी शाक्यसंगसमेत छात्रवृत्तिका लागि धेरै पल्ट अनुनय, विनय गरे, तर उनले निराशा बाहेक केहि पाएनछन् । उनले विगतका आफ्ना २०३६/३७ सालतिर शंकरदेव क्याम्पसमा अध्ययन गर्दादेखि ...